कांग्रेस सुर्खेतको सभापतिमा आकांक्षी धेरै

लोकपथ
143
Shares

वीरेन्द्रनगर । नेपाली कांग्रेस सुर्खेतको जिल्ला सभापतिका लागि आकांक्षी धेरै देखिएका छन् । जिल्ला सभापतिका लागि मात्र १० भन्दा बढी नेताहरु आकांक्षी देखिएका छन् ।

जिल्ला सभापतिका लागि कर्णाली प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री, वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, टोपबहादुर रावत नारायणप्रसाद सापकोटा, श्यामकुमार भारती, खड्कबहादुर पोखरेल, विष्णुबहादुर खड्का, कालीप्रसाद शाक्य र उपेन्द्रबहादुर थापा सभापतिका आकांक्षी रहेका छन् ।

बुढा यसअघि १३औँ महाधिवेशनमा जिल्ला सभापतिका प्रतिस्पर्धी हुन् । देवकुमार सुवेदी वीरेन्द्रनगर नगरपालिकाका मेयर हुन्। यस्तै गरी शाक्य र सापकोटाले यसअघि दुई पटकसम्म सभापति र सचिवमा पराजय भोगि सकेका छन् । यसअघि भएका वडा, नगर र क्षेत्रका अधिवेशनमा संस्थापन समूहले जितेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?