काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी क्षितीज भण्डारीले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन ।
शुक्रबार कैलालीको गौरीफण्टा नाकाको ७५३ बाई १७१ नम्बर सिमा स्तम्भ पिल्लरमा उभियर उनले कांग्रेसको केन्द्रीय सदस्यको घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसको मंसिर २४ गते हुने आसन्न १४ औ महाधिवेशनमा केन्द्रय सदस्यका लागी उम्मेदवारी घोषणा गरेको उनले बताए ।
उनी हालै सम्पन्न क्षेत्र नं ५ बाट राम्रो मत ३४५ ल्याएर नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् ।
‘बहुमत युवाहरु निर्बाचित भएर आएका छन’ उनले भने ‘कांग्रेस भित्रको गुट उपगुट त्याग्दै अग्रजको सम्मानसहित सर्बपक्षिय युबाहरुको नेतृत्व लिन आफु अघि सरेको छु ।’
नेपाली कांग्रेसलाई आमुल परिबर्तन र रुपान्तरणको बाटोमा लैजान र स्मार्ट कांग्रेस बनाउन भिजन सहितको मिसन बनाउन आफनो उम्मेदवारी रहेको बताउदै सो का लागी रायसुझाब संकलन गर्न सिमास्तम्भको माटो बोकेर राष्ट्रब्यापी अभियानमा जान थालेको उनले बताए ।
उनले स्मार्ट कांग्रेस निर्माणमा सर्बपक्षिय स्र्माट नेतृत्वको अभियानमा सेती महाकाली देखी मेची हुदै राजधानी काठमाडौंसम्मको यात्रामा महाधिवेशन प्रतिनिधि र नेता,नेतृत्वको साथ र समर्थन मलाई हुने छ भन्ने विश्वास लिएको बताए ।
हिजो बाढीपहिरो कोभिड, लकडाउन, आगलागी देखि १ लाख काग्रेसको चुनाब चिन्ह रुख, फलफुल तरकारीका बोट बितरण अभियान आफुले सफल पारेको बताउदै भण्डारीले भने अझै नेपाल भरी रुख र राष्ट्रिय टोपी बितरण अभियान लियर देशभरीका प्रदेश केन्द्रिय मतदाता सामु गईरहेको बताए ।
उनले राष्ट्र र राष्ट्रियतालाई सर्बोपरि ठान्दै धनगढीको त्रिनगर भन्सार नाकाको डोके बजारमा रहेको सिमा स्थम्भमा उभिएर आफनो केन्द्रीय सदस्यको उम्मेदवारी घोषण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया