कांग्रेस महाधिवेशन : सुदूरपश्चिम प्रदेश सभापतिमा हिमबहादुर रावलले दिए उम्मेदवारी

लोकपथ
234
Shares

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको सभापति पदका लागि कैलालीको लम्की चुहा नगरपालिकाका नेता हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन्।

यहि मंसिर १६ गतेदेखि हुने प्रदेश अधिवेशनमा प्रदेशको पार्टी सभापतिको पदमा लड्ने भन्दै उनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन्।

पार्टीको १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवारीमा पराजित उनले अहिले पार्टीलाई थप बलियो, सुढृदीकरण गर्ने लक्ष्यसहित उम्मेदवारी दिने मनसाय बनाएको बताए । ‘मैलै पार्टीका शिर्ष नेता, सभापतिका आंकाक्षी, महाधिवेशन प्रतिनिधिमा निर्वाचित नेता लगायत सबैको सल्लाह, सुझाव अनुसारनै प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको हुँ’ उनले भने ‘प्रदेशमा धेरै व्यक्ति सभापति पदमा उठे म पनि चुनाव लड्छु । सर्वसम्मत ढंगले कार्यसमिति बनाउने प्रयास भएमा त्यो समयमा हेरुला ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष पात्रका रुपमा रहेका उनी अहिले प्रदेश सभापति सर्वसम्मत रुपमा आफुलाई बनाउन आग्रह गरे ।

उनको घोषणा कार्यक्रममा पूर्वमन्त्री मोहनसिंह राठोर, नेता भक्तबहादुर थापा, रंग सुनार, विष्णु ढकाल लगायतको सहभागिता रहेको थियो । प्रदेशमा सभापतिका लागि कैलाली सभापति नरनारायण शाह मनु र बझाङबाट अर्जुनजंग सिंह आंकाक्षी रहेका छन्।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको वर्चश्व रहेको सुदूरपश्चिम प्रदेशमा देउवाकै निकट रहेका नेताहरु सभापति पदमा प्रतिष्पर्धामा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?