राति निन्द्रा लाग्दैन ? यो उपाय अपनाउनुस्

लोकपथ
312
Shares

वयस्क व्यक्तिले सरदर ७ देखि ८ घण्टा निदाउनु पर्छ भनिन्छ । तर अहिले निन्द्राको समयमा धेरै नै फेरबदल आइरहेको छ ।

कतिपयलाई राती चाँडै निन्द्रा लाग्दैन, निन्द्रा लाग्दा बिहान भैसकेको हुन्छ उठ्दा दिउँसो भइसकेको हुन्छ । यस्ता क्रियाकलापले हाम्रो दैनिक क्रियाकलापमा मात्र नभएर शारीरिक रूपमा पनि नोक्सान पुर्‍याइरहेको छ ।

रातको निन्द्रा सबैलाई प्यारो भएर पनि निन्द्रा नलाग्ने कारणले बेचैन हुनु भएको छ भने आयुर्वेदमा केही खानपिनका उपायहरू रहेका छन् । जसको नियमित सेवनले तपाईँले पहिलाको जस्तै आरामदायी निन्द्रा पाउन सक्नु हुने छ ।

– राती मिठो र पूर्ण निन्द्रा लिन चाहनु हुन्छ भने चिया र कफीको सेवन छोड्नु नै पर्छ । अझ कोही कोहीको सुत्नु भन्दा अगाडी चिया वा कफी पिउने बानी हुन्छ । उनीहरूले यो क्रियाकलापलाई त्याग्नै पर्छ ।

– निन्द्रा राम्ररी नपर्ने व्यक्तिले चिया वा कफी मात्र होइन मदिरा पदार्थको सेवन पनि त्याग्नु पर्छ ।

– राम्रो निन्द्रा पार्नका लागि यदि तातो दूधमा जाइफल मिलाएर पिएर सुत्नु भयो भने राम्रो निन्द्रा पर्छ । यसले पाचन क्रियालाई पनि राम्रो गर्छ ।

– राती सुत्नु भन्दा अगाडी बेसार हालेको तातो दूध पिउने बानी गर्दा पनि निन्द्रा राम्ररी पर्छ । यसको सेवनले घाँटीसँग सम्बन्धित समस्याहरू पनि समाधान हुन्छ । दूधमा केशर मिसाएर पिउँदा पनि निन्द्रा राम्ररी पर्छ ।

– आयुर्वेदमा केही यस्ता जडीबुटीको पनि व्याख्या गरिएको छ जसको सेवनले निन्द्रा राम्ररी पर्न सघाउने जनाइएको छ । जसमा अश्वगन्धा र शंखपुष्पीको सेवनले पनि राम्रो निन्द्रा पार्न मद्दत गर्छ ।

– राती निन्द्रा राम्ररी लाग्दैन भने बिहान न्यूनतम पनि आधा घण्टा शारीरिक व्यायाम गर्ने गर्नुपर्छ ।

– कुनै औषधिहरूको सेवन गरेको कारणले पनि निन्द्रा नलाग्ने समस्या देखिएको हुन्छ । यस्तो हुनुमा औषधिले गरेको साइड इफेक्टले पनि हुन सक्छ । यदि औषधि सेवन गरिरहनु भएको छ भने आफ्नो चिकित्सकसँग एक पटक परामर्श गर्नु राम्रो हुन्छ ।

– राती निन्द्रा राम्ररी लाग्दैन भने मालिस गरेर पनि निन्द्रा राम्ररी लाग्ने बनाउन सकिन्छ । यसको लागि राती सुत्नु भन्दा अगाडी पैतालामा तेल मालिस गर्दा निन्द्रा राम्ररी लाग्छ । सर्स्युँको तेलले पैतालामा मालिस गर्ने हो भने हड्डी र मांसपेशीलाई बलियो बनाउन पनि मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?