प्रचण्डलाई ओलीको प्रश्न-‘मन परेकालाई १० हजार बाँडेर पूर्वलडाकुको व्यवस्थापन हुन्छ ?’

लोकपथ
897
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले पूर्वलडाकुको व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले पार्टीको १०औँ महाधिवेशन सकिनेबित्तिकै पूर्वलडाकुहरुलाई एमाले प्रवेश गराउने बताएका छन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारमा रहे पनि पूर्वलडाकु व्यवस्थापन र उनीहरूको उपचारलगायतमा ध्यान नदिएको आरोप लगाए।

‘प्रचण्ड जी शान्ति प्रक्रिया किन टुंगो लगाउनु हुन्न? घाइतेको उपचार किन गर्नु हुन्न? मनपरेका मानिसलाई १० हजार बाँडेर हुन्छ? पैसा बाँडेर समस्या समाधान हुन्छ ?,’ १०औँ महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने ।

ओलीले लडाकु व्यवस्थापन गर्ने पावर देखाउन प्रचण्डलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?