‘१३ गते पत्रकार सम्मेलन गरेर नेतृत्व घोषणा गर्नेछौँ’

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमार्फत सर्वसहमतिका साथ नेतृत्व चयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज (शुक्रबार) १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले १३ गते आफूहरुले सर्वसहमतिका साथ पत्रकार सम्मेलन गरेर नेतृत्व चयन गर्ने बताए ।

‘१३ गते हामी पत्रकार सम्मेलन गरेर हाम्रो सफलताको विज्ञप्ति जारी गर्नेछौँ’, उनले भने ।

अध्यक्ष ओलीले आगामी महाधिवेशनमा पार्टीलाई जिताउने गरी नेतृत्व चयन गरेर अघि बढ्ने विश्वास समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?