‘बिट क्वाइन’ खेलाडी लामा कार ठगीमा फसे

काठमाडौं । ‘बीट क्वाइन’ कारोवारमा संलग्न रहेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोक चौतारा घरभइ हाल राजधानीको मकलवारी बस्ने ४४ वर्षीय दिलिपबज्रसिंह लामालाई सोमवार पक्राउ गरेको छ ।
नेपाल सरकारले विट क्वाइनको कारोवारमा प्रतिवन्ध लगाएको छ । अमेरिका र क्यानडाबाट विभिन्न ब्राण्डको कारहरु १४ दिनमा झिकाइ विक्री गर्ने नाममा सर्वसाधारणलाई ठगी गरेको आरोप पनि लामामाथि लागेको छ ।
‘फिडालिटि अटो स्टोरेज एण्ड लजिष्टिक’ नामको वेभ साइट खोली अभियुक्त लामाले सस्तो मूल्यमा नयाँ कार झिकाई दिने वहाना बनाई अनलाइन बुकिङबाट ३० लाख ठगी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले दिएको हो ।
यसअघि बैदेशीक रोजगारीको सिलसिलामा मलेसिया बस्दा लामाले बिट क्वाइन कारोवारलाई मुख्य पेशाको रुपमा अपनाउदै आएका थिए । उनले बिट क्वाइन कारोवारका लागि नै यस किसिमको नक्कली वेभसाइट खोली अनलाइन ठगी गर्ने गरेको आरोप ब्यूरो प्रहरीको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?