‘महाधिवेशन सकिएपछि पूर्वलडाकुहरुलाई एमालेमा ल्याएर व्यवस्थापन गर्छौँ’

लोकपथ
169
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औँ महाधिवेशन सकिनेबित्तिकै पूर्वलडाकुहरुलाई एमाले प्रवेश गराउने बताएका छन् ।

आज (शुक्रबार)बाट चितवनमा सुरु भएको नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

माओवादी केन्द्रले शान्ति प्रक्रियाका कामहरु पूरा गर्न नसकेको प्रति कटाक्ष गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पूर्वलडाकुहरुको व्यवस्थापन गर्ने बताए ।

पूर्वलडाकुहरुको बलिदानीलाई माओवादी केन्द्रले बेवास्ता गरेको बताउँदै ओलीले आफ्नो पार्टीमा ल्याएर व्यवस्थापन गर्ने बताए ।

‘अब यो महाधिवेशन अन्त्य हुनेबित्तिकै पूर्वलडाकुहरुको व्यवस्था गर्दै छौँ । नेकपा एमालेमा प्रवेश गराउनेछौँ । आउनुस् तपाईँहरुले पार्टी केका लागि बलिदानी दिनुभयो ? कसलाई मेयर बनाइयो ? कसलाई मन्त्री बनाइयो ?’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?