कांग्रेस डोटी उपसभापतिमा खड्का र जोशी विजयी

RSS
78
Shares

डोटी । नेपाली कांग्रेस १४ औँ महाधिवेशनअन्तर्गत भएको जिल्ला निर्वाचनमा उपसभापति पदमा विजय खड्का र नारायण जोशी विजयी भएका छन् ।

खड्काले ६ सय १ मत प्राप्त गरेका छन् भने जोशीले ५ सय ६४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी बम कठायतले ३ सय ७३ र पदमबहादुर रावतले ३ सय २७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । जोशी जिल्ला कार्यसमितिका निवर्तमान सचिव हुन् भने खड्का क्षेत्रीय सभापति हुन् ।

यसैगरी सचिवमा नारायण बलायर र गणेश खड्का निर्वाचित भएका छन् । खड्काले ४ सय ६१ र बलायारले ४ सय ३४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । यस्तै सहसचिवमा छत्र कठायत र गोकर्ण मलासी निर्वाचित भएका छन् । कठायतले ४ सय १ र मलासीले ३ सय ६९ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?