देउवातिर हेर्दै ओलीले भने, ‘मलाई अफ्ठ्यारो पार्नेहरु उहाँको खुट्टा तान्दैछन्’

लोकपथ
663
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो आफूलाई अफ्ठ्यारोमा पार्नेहरुले आज सरकारको खुट्टा तानिरहेको टिप्पणी गरेका छन् ।

आज (शुक्रबार) बाट चितवनमा सुरु भएको नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री शेबरबहादुर देउवातिर हेर्दै ओलीले पूर्वसहकर्मीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै भने, ‘हिजो मलाई अफ्ठ्यारो पार्नेहरुले आज उहाँको खुट्टा तानिरहेका छन् ।’

त्यस्तै आगामी निर्वाचनमा नेकपा एमालेको नेतृत्वको सरकार बन्ने र विकासका कामहरु अघि बढाउने समेत बताए ।

‘आउने निर्वाचनमा एमालेको नेतृत्वको सरकार बन्छ र बाँकी रहेको विकास निर्माणका कामलाई एमालेले पूरा गर्छ’, ओलीले भने ।

आजको कार्यक्रममा धेरै जना एमालेमा प्रवेश गर्ने भए पनि आज संभव नभएको बताउँदै आगामी फागुनबाट पार्टी प्रवेशका कार्यक्रमहरुलाई निरन्तरता दिने समेत बताए ।

‘फागुनसम्म प्रवेशका कार्यक्रमहरु चल्दै जानेछ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?