ओलम्पियन दिपक विष्टले दिए राखेप सदस्य सचिवको लागि आवेदन

लोकपथ
364
Shares

काठमाडौं । तेक्वान्दोका ओलम्पियन खेलाडी दिपक विष्टले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सदस्य सचिव हुनका लागि आवेदन हालेका छन् ।

सागका चार संस्करणमा लगातार स्वर्ण पदक जित्दै कीर्तिमान बनाएका पूर्वतेक्वान्दो खेलाडी विष्टले खुला प्रतिस्पर्धामार्फत नेपाली खेलकुदको सर्वोच्च कार्यकारी पद प्राप्त गर्नका लागि शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा आवेदन बुझाएका हुन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्वअध्यक्ष विष्ट नेपाल ओलम्पियन संघका अध्यक्ष हुन् ।

सदस्यसचिवका लागि आवेदन बुझाउने आज शुक्रबार अन्तिम दिन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?