ए डिभिजन लिग : सातदोबाटोसँग थ्री स्टार स्तब्ध

लोकपथ
416
Shares

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले पहिलो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले पहिलो जित हात पारेको हो ।

ललितपुर डर्बीमा सातदोबाटोलाई जित दिलाउन सुदिप गुरुङले निर्णायक गोल गरे ।

सुदिपले खेलको २९ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

जितसँगै सातदोबाटोले २ खेलमा ४ अंक जोड्दै लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ । थ्री स्टार ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?