१२ मङ्सिर २०७९, सोमवार

नेपाल दोस्रो खेलमा पनि पराजित

२०७४,आश्विन,२४,मंगलवार १६:०२

0
Shares

 काठमाडौँ, २४ असोज – नेपाल एएफसी एसिया कप २०१९ छनोटअन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ ।ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ०–३ गोलले पराजित भएको हो । ताजाकिस्तानले तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो ।ताजाकिस्तानले २०, ६० र ८७ औँ मिनटेमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो ।यसअघि गत भदौ २० गते काठमाडौँमा भएको पहिलो खेलमा पनि नेपाल ताजकिस्तानसँग १–२ ले पराजित भएको थियो । हारसँगै नेपालको एसिया कपका लागि छनोट हुने सम्भावना क्षीण हुँदै गएको छ ।छनोट चरणमा हालसम्म खेलेका चारमध्ये तीन खेलमा हार र एक खेलमा बराबरी गर्दै आफ्नो समूहको अंकतालिकामा नेपाल पुछारमा छ । नेपालले अब फिलिपिन्स र यमनसँग खेल्नेछ ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार १६:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा फिल्मकर्मीहरूले दिएको उम्मेदवारीको राम्रै चर्चा भयो । प्रायः

काठमाडौं । निर्माण सम्पन्न भएर प्रदर्शनको लागि तयार चलचित्र ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले खरिद गरेको छ ।

काठमाडौं । गत कात्तिक ११ गतेबाट प्रदर्शनरत फिल्म ‘महापुरुष’ चौथो सातामा प्रवेश गरेको छ । चौथो सातमा प्रवेश गर्दासमेत फिल्मले

काठमाडौं । आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन ७’ को लागि आवेदन खुला गरेको छ ।

ताजा समाचार

स्पेन र जर्मनीको खेल बराबरी
 २०७९,मङ्सिर,१२,सोमवार ०७:३९
कस्तो रहला आज दिनभरको मौसम ?
 २०७९,मङ्सिर,१२,सोमवार ०७:२८
धनुषा–४ मा अग्रता बढाउँदै एमाले
 २०७९,मङ्सिर,११,आईतवार २३:४०
विश्वकप फुटबल : मोरक्को विजयी
 २०७९,मङ्सिर,११,आईतवार २१:३१