‘संविधानको रक्षाका लागि एमालेले बहुमत ल्याउनुपर्छ’

लोकपथ
78
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउका लागि एमालेको एमालेले बहुमत ल्याउनुपर्ने बताएका छन् ।

आज (शुक्रबार) बाट चितवनमा सुरु भएको नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

‘एमालेका लागि बहुमत यस देश बनाउनका लागि लोकतन्त्रको रक्षाका लागि, संविधानको रक्षका लागि नेकपा एमालेले बहुमत ल्याउनुपर्छ । यसदेशमा विकासको लहर ल्याउनका लागि एमालेले बहुमत ल्याउनुपर्छ’, ओलीले भने ।

त्यस्तै नेपालमा अन्य देशमा नपाइएका कुराहरु पाइने दाबी गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एमालेले बलिदानी र संघर्षका ७२ वर्ष पार गरेको बताए ।

‘यस पार्टीले बलिदानीका ७२ वर्ष पारित गरेको छ । यस पार्टीले संघर्षका ७२ वर्ष पार गरेको छ’, ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?