काठमाडौं । सरकारले भ्रष्टाचारलाई कम गर्न र जुनसुकै क्षेत्रमा हुने भ्रष्टचारलाई कानूनी दायरामा ल्याउन कानून संशोधन गरिने बताएको छ ।
आज सोमवार संसदमा पेस गरेको नीति तथा कार्यक्रममा भ्रष्टाचारीलाई दण्डित गरिने गरी कानून संशोधन गरिने बताइएको हो ।
सरकारले भ्रष्टाचार गर्ने र गराउने दुवैलाई दण्डित गर्ने बताएको हो । जुनसुकै क्षेत्रमा हुने भ्रष्टाचारलाई कानूनी दायरामा ल्याउने गरी कानूनलाई आवश्यक परिमार्जन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया