लोकतन्त्र, संघीयता र समावेशीलाई जनताको हितमा प्रयोग गरौँ : अध्यक्ष यादव

लोकपथ
117
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेको १०औँ महाधिवेशनमा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष यादवले बिहीबार चितवन भरतपुरमा जारी एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै लोकतान्त्रिक र संवैधानिक संस्थाहरू निष्क्रिय भएकोले यसलाई प्रभावकारी बनाउन ढिला भइसकेको भन्दै ढिलो गर्न नहुने बताए ।

उनले अब सबै कमजोरीलाई हटाएर लोकतन्त्र, संघीयता र समावेशीलाई जनताको हितमा प्रयोग गर्नुपर्ने बताएका छन् । नेता यादवले अहिलेको राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस् भन्ने कामना समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?