डोटी । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत बैतडीबाट २६ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
नवनिर्वाचित सभापति चतुरबहादुर चन्दको समूहबाट १६ तथा उनका निकटम प्रतिद्वन्द्वी शिवराज भट्टको समूहबाट १० महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार खुलातर्फ दिनेशप्रसाद भट्ट (६ सय १ सय ३), लोकराज अवस्थी (५ सय ५३), दिनेशबहादुर चन्द (५ सय ४७), नरेन्द्रसिंह थापा (५ सय २१), केशवबहादुर चन्द (६ सय २२), हरिमोहन भण्डारी (५ सय ८१), उत्तरबहादुर ऐर (५ सय ६३), कर्णसिंह साउँद (५ सय ४९), दीपकबहादुर बम (५ सय ४४) र कृष्णसिंह नायक (५ सय २३) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
यस्तै खुला महिलातर्फ पुनम पाल बम (५ सय ४८), जानकी भट्ट (५ सय १४), तुलसी ठगुन्ना (५ सय १) र मीना चन्द (४ सय ९२), खस आर्य पुरुषतर्फ दीपेन्द्र बम (६ सय ६), सुरेन्द्रसिंह ऐर (५ सय ६) र नरेन्द्रप्रसाद भट्ट (५ सय), तेजबहादुर चन्द (५ सय ४३), कपील केसी (५ सय २५), खस आर्य महिलातर्फ कान्ता चन्द शाही (६ सय १), सरस्वती कोली (५ सय ६२), कौशिला चन्द (६ सय २५) र लक्ष्मी शाह चन्द (५ सय ४७) मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
यसैगरी अपांगतातर्फ ईश्वरीदत्त भट्ट (६ सय ८) र दलिततर्फ सुरत पार्की (६ सय २७) निर्वाचित भएका छन् भने आदिवासी जनजातितर्फ किरणकुमार राई महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् । यसअघि जिल्ला पदाधिकारीमा एक उपसभापतिबाहेक सबै पदमा चन्द समूह विजयी भएको थियो । बैतडीमा एक हजार ४ सय २ प्रतिनिधिमध्ये एक हजार ३ सय ४८ जना मतदानमा सहभागी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया