नबिल सामाजिक उद्यमशीलता विकास कार्यक्रम

लोकपथ
91
Shares

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैंकले शुक्रबार त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग कार्यक्रमको सम्झौता गरेर सुरुवात गरेको हो ।

बैंकले सुरु गरेको सामाजिक उद्यमशीलता कार्यक्रमले समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दिर्घकालिन समाधान गर्ने उदेश्य लिएका बताएको छ । यस कार्यक्रममार्फत बैंकले स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासको लागि आवश्यक सीप र वित्तीय सहयोग प्रदान गर्ने बताइएको छ।

त्यस्तै, यस कार्यक्रमअन्तर्गत सामाजिक उद्यमशीलता प्रमाणपत्र र फेलोसिप कार्यक्रम गरी दुई किसिमका रहेका छन् । जसमध्ये पहिलो चरणमा सातै प्रदेशको एक–एक वटा क्याम्पसँग सम्झौता गरेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए । कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न बैंकको सहयोग हुने बताए ।

प्रमुख अधिकृत शाहले नबिलको एसएसई कार्यक्रमको दुवै कोर्ष पूरा गरेको व्यक्ति उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम सुरु गर्ने अपेक्षा बैंकको रहेको बताए । उनले नबिल बैंक स्थापना कालदखि नयाँ–नयाँ कामको सुरुवात गर्ने बैंक बन्दै गएको बताए ।

कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सहयोग गर्न लक्ष्य राखेको छ । यस कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्डअनुसार निवेदन दिन सक्नेछन् । तालिम अविधमा खान बस्ने सबै सुविधा उपलब्ध हुने बैंकले बताएको छ । उक्त कार्यक्रम सात प्रदेशमध्ये प्रदेश १ मा महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश २ मा विरगन्ज पब्लिक कलेज, बागमती प्रदेशमा काम्पिएन कलेज, गण्डकीमा पोखरा विश्वविद्यालय, कर्णालीमा सुर्खेत मोडल कलेज र सुदुर पश्चिमाञ्चलको सुदुर पश्चिमाञ्चल एकेडेमीसँग सम्झौता गरेको छ । अब नविलको सात प्रदेशको यी कलेजमा सामाजिक उद्यमशीलता कार्यक्रम पढाई हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?