एमाले महाधिवेशनमा पुगेर लिलामणीले भने- ‘केही मान्यताका कारण हामी भिन्न हुन पुग्यौ’

लोकपथ
910
Shares

काठमाडौं । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले द्धन्द्धबिना विकास नहुने बताएका छन् ।

आज एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना व्यक्त गर्दै नेपालमा कम्युनिष्टहरु जुट्दै र फुट्दै गरेको बताए ।

‘द्धन्द्धबिना विकास संभव छैन ।’ उनले भने, ‘हामी पार्टी एकता गरेर एकैठाउँमा भयो । केही मान्यताका कारण हामी भिन्न हुन पुग्यौ ।’

नेपालमा कम्युनिष्ट पार्टीहरु जोडिँदै फुट्दै गरेको प्रशंगलाई समेत उजागर गरे ।

एमालेको महाधिवेशनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिनिधिका रुपमा पोखरेल चितवन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?