काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले विभिन्न षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको आरोप लगाएका छन् ।
चितवनमा जारी एमाले १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले आजको राष्ट्रिय राजनीतिको परिस्थित सहज सामान्य नभएको बताउँदै जनादेशबाट बनेको सरकारलाई अलोकतान्त्रिक विधि परमादेशबाट विस्थापित गरिएको आरोप लगाए ।
मुलुकको व्यवस्थापिका जनादेशबाट हैन ठाडो अध्यादेशमार्फत सञ्चालित भइरहेको छ । देशको नीति निर्माण गर्ने संसद् अस्तव्यस्त छ । मुलुकको न्याय व्यवस्थालाई सेटिङको माध्यमबाट भताभुङ्ग पारिएको छ । देशलाई पुन अशान्ति, कुसंस्कार र भ्रष्टाचारको दुष्चक्रतर्फ लगिएको छ ।’ उनले भने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया