ओलीको प्रशंसा गर्दै कमल थापाले भने- ‘एउटा दृढ आडन र राष्ट्रवादी सोच भएको नेता’

लोकपथ
546
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन् ।

शुक्रबार एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसभामा शुभकामना दिँदै पूर्वपरराष्ट्र मन्त्री समेत रहेका थापाले ओलीलाई ऐतिहासिक निर्णय लिनसक्ने नेता भएको बताए ।

‘केपी ओलीजस्तो एउटा दृढ आडन र राष्ट्रवादी सोच भएको नेताले यो देशलाई संकटबाट मुक्त तुल्याउनका लागि ऐतिहासिक निर्णय लिनसक्नेछन् ।’ थापाले भने ।

त्यसैगरी ओलीसँग एउटै सरकारमा रहेर काम गरेको बताउँदै सो समयमा आफूहरुले मिलेर गरेका कामहरुको समिक्षा गरेका समेत गरेका छन् ।
‘केपी ओलीसँग एउटै सरकारमा रहेर काम गर्ने अवसर पाएको थिए । हामीले भारतले गरेको नाकाबन्दीलाई परास्त गर्न सफल भयौँ ।’ उनले भने ।

त्यसैगरी ओलीले सरकारमा रहेका बेला गरेका गरेका केही कामहरुको कारण ओली सम्मानित नेता भएको बताए ।

थापाले भने, ‘दुई वटा कामका लागि तपाइहरुका पार्टी र ओलीलाई सधैँ देशले सम्झिनेछ । मधेशमा देखा परेको पृथकताबादी आन्दोलन र विप्लवलाई शान्तिपूर्ण वार्तामा ल्याउने काम गर्नुभएको छ ।’

त्यसैगरी लिम्पियाधुरा लिपुलेकसहितको नक्सा ल्याएर ओलीले देशलाई गुन लगाएको बताए । ‘लिम्पियाधुरा समेत समेटेर नेपालले आफ्नो सीमानामा आफ्नो प्रतिवद्धता व्यक्त गरेको । चुच्चे नक्सा बनाएर नेपाल र नेपालाीलाई गुन लगाएका छन् ।’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?