कांग्रेस महाधिवेशन : कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

लोकपथ
1.1k
Shares

धनगढ़ी । नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित बनेको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मंसिर १० गते तोकिएको जिल्ला अधिवेशन स्थगित गर्नुपरेको पार्टीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

‘सुदूरपश्चिम प्रदेश अधिवेशन कैलाली जिल्लाको धनगढीमा यहि मंसिर १६ र १७ गते देखि आयोजना गर्नुपर्ने भएका कारणले आयोजक जिल्लाको हैसियतले प्रदेश अधिवेशन तयारीका लागि प्राप्त समयावधि प्रयाप्त छैन’ पार्टी सभापति नरनारायण शाह (मनु)द्धारा हष्ताक्षरित विज्ञप्तीमा भनिएको छ –‘जिल्ला अधिवेशनको व्यवस्थापनका लागि आवश्यक प्राविधिक एवं व्यवस्थापकिय कार्यको तयारीका लागि समेत केही अतिआवश्यक कार्यहरुको आन्तरिक तयारी नगर्न सकिएका कारणे जिल्ला कार्य समितिको अधिवेशन अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सम्बन्धित सम्पूर्णमा जानकारी गराईन्छ ।’

पार्टी सभापति नरनारायण शाहले अहिले जिल्ला अधिवेशन गर्दा प्रदेश अधिवेशनको व्यवस्थापनमा असर पुग्ने बताए । ‘प्रदेश अधिवेशनमा सहभागि हुन नौ वटै जिल्लाबाट दुई हजार पा“च सय प्रतिनिधी आउने छन’ उनले भने –‘उनीहरुको आवास, खाना लगायत अन्य व्यवस्थापन पनि गर्नुपर्ने जिम्मेवारी छ । प्रदेश अधिवेशनको व्यवस्थापनमा कुनै पनि कमजोर हुन नदिने जिल्ला अधिवेशन केही समयका लागि स्थगित गरिएको हो ।’

पार्टी सभापति शाहले जिल्ला अधिवेशन प्रदेश वा केन्द्रीय अधिवेशनपछि गर्नेबारे पार्टी भित्र छलफल भइरहेको बताए । ‘प्रदेश अधिवेशन सम्पन्न गर्ननै तीनदेखि चार दिन लाग्न सक्छ’ उनले भने –‘पार्टीको महाधिवेशननै २४ गते तोकिएकोले यहा“का प्रतिनिधीहरुले २१ गतेनै उम्मेदवारीको मिति तोकेको छ ।’ सोही कुरालाई आधार मान्दा जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने देखिएको छ ।

‘जिल्लामा सभापतिका आ“काक्षी पनि बढी रहेकाले पनि प्रदेश अधिवेशनको तयारीमा असर पुग्ने देखिएको थियो’ पार्टी सभापति शाहले भने –‘यहा“ सभापतिका आकांक्षी पनि छ जना देखिएका थिए । मतदान पनि दुई चरणमा गर्नुपर्ने हुन्थ्यो । त्यसमा समय लाग्ने देखियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?