१३ चैत्र २०७९, सोमवार

नेपाल दोस्रो खेलमा पनि पराजित

२०७४,आश्विन,२४,मंगलवार १६:०२

9
Shares

 काठमाडौँ, २४ असोज – नेपाल एएफसी एसिया कप २०१९ छनोटअन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ ।ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ०–३ गोलले पराजित भएको हो । ताजाकिस्तानले तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो ।ताजाकिस्तानले २०, ६० र ८७ औँ मिनटेमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो ।यसअघि गत भदौ २० गते काठमाडौँमा भएको पहिलो खेलमा पनि नेपाल ताजकिस्तानसँग १–२ ले पराजित भएको थियो । हारसँगै नेपालको एसिया कपका लागि छनोट हुने सम्भावना क्षीण हुँदै गएको छ ।छनोट चरणमा हालसम्म खेलेका चारमध्ये तीन खेलमा हार र एक खेलमा बराबरी गर्दै आफ्नो समूहको अंकतालिकामा नेपाल पुछारमा छ । नेपालले अब फिलिपिन्स र यमनसँग खेल्नेछ ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार १६:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा विवाद हुँदा दुर्गेशसहित तीन जनाले कुटपिट गरेको भन्दै

काठमाडौं । भोजपुरी अभिनेत्री तथा मोडल आकांक्षा दुबे मृत अवस्थामा फेला परेकी छिन् । दुबेको शव सारनाथ थाना क्षेत्रको सोमेन्द्र

काठमाडौं । हलिउड निर्देशक टोड फिलिप्सको जोकर निकै हिट भएको थियो । फिल्मले विश्वभरबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो ।

काठमाडौं । मार्वल फिल्मका स्टार अभिनेता जोनाथन मेजर्स विवादमा तानिएका छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । उनकी प्रेमिकाको

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६