१०औँ महाधिवेशन उद्घाटनका लागि एकैपटक नारायणी किनार पुगे देउवा र ओली

लोकपथ
611
Shares

काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि प्रधामन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सभास्थल नारायणी किनार पुगेका छन् ।

दिउँसो १२ः४५ बजे महाधिवेशन उद्घाटन गर्ने भनिए पनि केही ढिला गरी देउवा र ओली सभास्थलमा पुगेका हुन् ।

त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु समेत सभास्थलमा पुगेका छन् ।

देउवा, ओलीलाई बाजा र झाँकीसहित महाधिवेशन स्थलमा स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?