काठमाडौंको नयाँ बसपार्कबाट १ लाख ४७ हजार लुटियो

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक व्यक्तिको १ लाख ४७ हजार लुटपाट भएको छ । 

पाँचथरको बामिडाँडा घर भई हाल काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएका २३ वर्षीय मेगेन्द्र दुलालको रकम लुटपाट भएको हो । 

नयाँ बसपार्कबाट माइक्रो चढेर जनमस्थित राष्ट्रिय नाचघर अगाडी झर्ने क्रममा अपरिचित व्यक्तिले श्रीमतिको शल्यक्रिया गर्नुपर्ने भन्दै सहयोग गर्न आग्रह गरेका थिए । पीडितले बताए । उनले भने, खल्तीमा रहेको नगदबाट एक हजार निकालेर दिन खोज्दा ती व्यक्तिले सबै रकम लुटेर भागे । 

रकम लुटपाटमा संलग्नको खोजी जारी रहेको महानगरीय प्रहरी प्रभाग, बसपार्कले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?