राखेपमा ८ जना बोर्ड सदस्य नियुक्त

लोकपथ
195
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ८ जना बोर्ड सदस्यलाई नियुक्त गरेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिहीबार नयाँ ८ बोर्ड सदस्यलाई नियुक्त गरेका हुन् ।

लामा पेमा डोल्मा, जनक प्रसाद बर्तौला, दिपेन्द्र विष्ट, मोहमद फाजिल, प्रकाश कुमार कुसारी, बिना श्रेष्ठ, अन्जन धमला र श्रीमान थापा मगर बोर्ड सदस्यमा नियुक्त भएका छन् ।

नवनियुक्त बोर्ड सदस्यले शुक्रबार पद तथा गोपनियताको सपथ पनि लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?