मलेसियाद्वारा नेपाललाई ९३ रनको लक्ष्य

लोकपथ
351
Shares

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ९२ रन जोडेको छ ।

मलेसियाका लागि इल्सा हन्टरले सर्वाधिक ३९ रन जोडिन् । मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रन जोडिन् ।

नेपालका लागि सवनम राईले सर्वाधिक २ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्री, सिता राना मगर र कविता कुँवर एक–एक विकेट हात पारे ।

ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले आज मलेसियाविरुद्ध जित हात पार्नुपर्ने दबाब रहेको छ ।

छनोट अन्तर्गत नेपालले तीन मध्ये दुई खेलमा जित तथा एक खेलमा पराजित हुँदै चार अंक जोडेको छ ।

त्यस्तै, नेपालले एसिया छनोट अन्तर्गतको पाँचौँ खेलमा आइतबार यूएईविरुद्ध खेल्नेछ । छनोटमा ६ टिम सहभागी छन् र विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?