काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ । नेकपा एमालेले महाधिवेशनका लागि बनाएको गैँडाको मस्कटबारे प्रतिक्रिया आइरहेको छ ।
यसैक्रममा राष्ट्रिय सभा सदस्य डा. खिललाल देवकोटाले एमाले महाधिवेशनको शुभकामना दिँदै उक्त मस्कटप्रति प्रतिक्रिया जनाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै सांसद देवकोटाले मजदुर र किसानले उठाउने झण्डा गैँडाले उठाउनुपरेको प्रतिक्रिया दिए ।
त्यस्तै एमालेले मजदुर र किसानलाई झण्डा बोक्ने कामबाट अलग गराएको आरोप लगाउँदै उनीहरुको भूमिकालाई सशक्त रुपमा अगाडी ल्याउन आग्रह गरे ।
‘आजदेखि चितवनमा शुरु नेकपा एमालेको १० औ राष्ट्रिय महाधिवेशनको शूभकामना । मजदुर र किसानले उठाउने झण्डा गैडाले उठाएको छ । झण्डा वोक्ने कामबाट अलग गरिएतापनि उनीहरुको आवाज र भूमिकालाई नजरअन्दाज नगरियोस ।’ उनले भनेका छन् ।
त्यसैगरी प्रतिनिधि सभा विघटन गरेर संविधान र व्यवस्था नै कमजोर पार्ने कामहरु गलत थिए भन्ने आवाज मुखरित गर्न समेत उनले सुझाएका छन् ।
‘संविधान र व्यवस्था नै कमजोर पार्ने प्रतिनिधि सभाका विघटनहरु गलत थिए भन्ने आवाज मुखारित होस । नेतृत्वमा युवा पुस्ताले प्राथामिकता पाओस।’ उनले भने ।
एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशन १२ः४५ बजे उद्घाटन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया