बोटिङ गरेर महाधिवेशन उद्घाटनस्थल जाने ओलीको कार्यक्रम स्थगित

लोकपथ
1.9k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदीमा बोटिङ नगर्ने भएका छन् ।

१० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओली गैंडाकोट तर्फबाट मोटर बोट चढेर महाधिवेशन उद्घाटनस्थलमा आउने कार्यक्रम रहेको थियो ।

तर सुरक्षाको कारण देखाउँदै सो कार्यक्रम स्थगित गरिएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?