एमाले महाधिवेशन : उद्घाटनसत्रमा ६ नेताले सम्बोधन गर्दै

लोकपथ
4.6k
Shares

काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ । आजको उद्घाटसत्रमा ६ जना नेताहरुले सम्बोधन गर्नेछन् ।

आजको बन्दसत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दैछन् । त्यसैगरी अन्य राजनीतिक दलका नेताहरुले समेत उद्घाटनसत्रलाई सम्बोधन गर्नेछन् । तर नेकपा एमालेबाट भने अध्यक्ष केपी शर्मा ओलीले मात्रै सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

एमाले कार्यालय सचिव शेबहादुर तामाङले दिएको जानकारी अनुसार जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले एमाले महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्नेछन् ।

तीन दिन चितवनको नारायणी किनारमा चल्ने एमाले महाधिवेशनको उद्घाटन दिउँसो १२ः४५ बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?