भानुभक्त ढकालले गरे सचिवमा उम्मेदवारी दिने घोषणा

लोकपथ
195
Shares

काठमाडौं । एमालेका पोलिटब्युरो सदस्य एवम पूर्वमन्त्री भानुभक्त ढकालले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज शुक्रबारबाट सुरू हुन लागेको १० औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै ढकालले आफूले सचिव पदमा उम्मेदवारी दिने जानकारी दिएका हुन् ।

सहमतिमै नेतृत्व चयन गर्दा पनि पार्टीको नेतृत्वले विवेक पुर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍याउनेमा आफू विश्वस्त रहेको बताएका उनले निर्वाचन जाँदा आफ्नो उम्मेदवारी सचिव पदमा उम्मेदवारी रहने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?