सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
169
Shares

काठमाडौं । साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

बिहीबार प्रतितोला सुनको मूल्य ९१ हजार ७ सय रहेको थियो । आज तोलामा २ सयले वृद्धि भइ प्रतितोला सुन ९१ हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ४ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आएको छ । बिहीबार १२ सय ३० रहेको चाँदीको मूल्य गिरावट आइ १२ सय २५ कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?