मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

लोकपथ
533
Shares

काठमाडौं । आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो । ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले आज मलेसियाविरुद्ध जित हात पार्नुपर्ने दबाब रहेको छ ।

छनोट अन्तर्गत नेपालले तीन मध्ये दुई खेलमा जित तथा एक खेलमा पराजित हुँदै चार अंक जोडेको छ ।

त्यस्तै, नेपालले एसिया छनोट अन्तर्गतको पाँचौँ खेलमा आइतबार यूएईविरुद्ध खेल्नेछ । छनोटमा ६ टिम सहभागी छन् र विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?