युरोपा कन्फरेन्स लिग : टोटेनहम पराजित

लोकपथ
130
Shares

काठमाडौं । युरोपा कन्फरेन्स लिग फुटबलमा टोटेनहम पराजित भएको छ । बिहीबार राति भएको खेलमा टोटेनहम मुरा एफसीसँग २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ११ औं मिनेटमा टोमी होर्भाटले गोल गर्दै मुरालाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा रायनले रातो कार्ड पाएपछि टोटेनहम १० खेलाडीमा समेटियो ।

खेलको ७२ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा अमादेज मारोसाले गोल गर्दै मुरालाई २-१ को जित दिलाए ।

यस हारसँगै टोटेनहम समूह ‘जी’ को तेस्रो स्थानमा रहेको छ । टोटेनहमले ५ खेलमा ७ अंक जोडेको छ ।

मुरा ३ अंक जोडेर पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?