कांग्रेस दार्चुला महाधिवेशन : मतगणनास्थलबाहिर कुटाकुट

लोकपथ
910
Shares

काठमाडौं । नेपाली कांग्रेस दार्चुलाको महाधिवेशनको मतगणना स्थल पार्टी कार्यालयबाहिर कुटाकुट भएको छ । पार्टी कार्यालयमा महाधिवेशनको मतगणनाका लागि आचारसंहिता बनाइरहेका समयमा परिसरबाहिर बादविवाद भएपछि कुटाकुट भएको हो ।

कुटाकुटमा दुई जाना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले जानकारी दिए । घाईते हुनेमा राजेन्द्र बिष्ट र सुरेन्द्र बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अहिले स्थिती नियन्त्रणमा लिएको डीएसपी भट्टले जानकारी दिए ।

घाइतेको उपचार दार्चुला जिल्ला अस्पतालमा भैरहेको छ । कुटाकुट भएपछि केहीबेर मतगणना परिसर तनावग्रस्त भएको थियो ।

उता निवाचन समिति भने मतगणनाका लागि आचारसहिता बनाईरहेको निर्वाचन अधिकृत देवराज अबस्थीले जानकारी दिए । शान्तिपुर्ण ढंगले मतदान सम्पन्न भएको बताउँदै अवस्थीले अब केही बेरमा मतगणना सुरु हुने समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?