राप्रपा महाधिवेशन : २० वर्षीय निशान कार्की महाधिवेशन प्रतिनिधि चयन

लोकपथ
52
Shares

काठमाडौं । राप्रपाको मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि काठमाडौं क्षेत्र नं ९ अन्तर्गतको प्रदेश सभा (ख) मा २० वर्षीय युवा निशान कार्की महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

कार्की राप्रपाको क्षेत्र नं ९ (ख) को सचिव र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको नागार्जुन नगर कमिटीको अध्यक्ष समेत रहेका छन् ।

राप्रपाको हालसम्म निर्वाचित भएका महाधिवेशन प्रतिनिधि मध्ये कार्की सम्भवतः सबैभन्दा कान्छा प्रतिनिधि हुन् ।

‘राप्रपालाई पुरानो र बुढाहरुको पार्टी भन्छन् तर म जस्ता धेरै युवा यसपटक महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएका छौं’ । कार्कीले भने अब राप्रपा युवाहरुको पार्टी हो, पार्टीमा युवा आकर्षण बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?