जनताको सुख दुःखको पार्टी कांग्रेस हो : सञ्चारमन्त्री कार्की

लोकपथ
182
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस जनताको सुःख दुःखको पार्टी भएको बताएका छन् ।

सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकहीमा आज कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगत सुनसरी क्षेत्र नम्बर ४ मा विभिन्न पदमा विजयी भएका पदाधिकारीलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा उनले कांग्रेसलाई यस क्षेत्रको जनताको दुःख, सुःखको पार्टीको रुपमा स्थापित गर्नका लागि नवनिर्वाचित पदाधिकारीलाई आग्रह गरे ।

मन्त्री कार्कीले पार्टीलाई आफ्नो मात्र नभइ यस क्षेत्रको जुनसुकै आस्था र विचार बोक्ने व्यक्तिको पनि आस्थाको केन्द्र भएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।

यस क्षेत्रमा नेपाली कांग्रेसलाई बलियो र आउने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा सबै क्षेत्रमा जीत सुनिश्चित गर्नमा ध्यान केन्द्रित गर्न पार्टीका नेता कार्यकर्तालाई उनले आग्रह गरे। अहिले निर्वाचित भएका पदाधिकारीको कार्यकालमा यस क्षेत्रमा पार्टीलाई थप मजबुत बनाउनका लागि भूमिका निर्वाह गर्न पनि उनले आग्रह गरे ।

“पार्टी भित्रको आन्तरिक निर्वाचनमा पराजित भएकालाई पनि सँगै लिएर अगाडि बढ्नु आवश्यक छ”, मन्त्री कार्कीले भने । कांग्रेस क्षेत्र नम्बर ४ का नवनिर्वाचित सभापति अयुव अंसारीको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्री कार्कीले पार्टीको जिल्ला अधिवेसनमा सही नेतृत्व चयन गर्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?