सुदूरपश्चिम प्रदेशको कोरोना अपडेट : थप ६ जनामा संक्रमण पुष्टि

लोकपथ
13
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ५७५ जनाको नमूना परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आरडिटी पीसीआरमार्फत तीन र एन्टिजेन विधिमार्फत तीन जनामा पुष्टि भएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिमार्फत कैलालीका दुई र कञ्चनपुरका एक जनामा पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

यसअघि बुधबार यस प्रदेशमा आठ जनामा सङ्क्रमण पुष्टि हुँदा नौ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?