माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटि संग्रहालयमा मोबाईल लकरको व्यवस्था

लोकपथ
91
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नारायणहिटि दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाईल लकर नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समितिलाई हस्तान्तरण गरेको छ ।

नारायणहिटि दरबार संग्रहालयतथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समितिको आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति,पर्यटन तथा नागारिक उड्डयनमन्त्रालयका सचिव यादव प्रसाद कोईला र माछापुच्छ्रे बैंकका अध्यक्षश्री डा.वीरेन्द्र प्रसाद महतोले उक्तमोबाईल लकरको संयुक्त रुपमा रिबन काटि उद्घाटन गरेका थिए ।

आगुन्तकहरुले अब दरबार संग्रहालय घुम्न आउदाँ आफ्नो मोबाईल फोन लकरमा सुरक्षित राखी निस्फित्री भएर भ्रमण गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंक लिमिटेडले सातै प्रदेशमा आफ्ना १६२ वटा शाखाहरुबाट सम्पुर्ण बैंकिङ् सुविधा प्रदानगरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?