घरको मूल ढोकामा के गर्दा सुख समृद्धि आउँछ ?

लोकपथ
0
Shares

वास्तुशास्त्रमा घरमा सुख समृद्धि बढाउने धेरै किसिमका उपायहरू उल्लेख गरिएको पाइन्छ । यस्ता उपायहरू उपयोग गर्दा जीवनमा धेरै प्रगति गर्न पनि सकिन्छ भन्ने मान्यता रहेको छ ।

घरको सुख समृद्धि बढाउन घरको मूल ढोकाभित्र र बाहिर गणेशको मूर्ति राख्नुपर्छ । यो मूर्तिलाई यसरी भित्र र बाहिर राख्नुपर्छ कि भित्र र बाहिर राखेको गणेशको ढाड एक अर्कामा टाँसिएको जस्तो होस् । यसरी गणेशको मूर्तिलाई राख्नुभयो भने घरमा भएको विभिन्न किसिमका विघ्न बाधाहरू हट्दै जान्छ ।

वास्तुशास्त्रको एक मान्यताअनुसार घरको मूल ढोकामा घोडाको टाप लगाउने हो भने पनि धेरै किसिमका समस्याहरूबाट छुटकारा पाइन्छ । यदि घोडाको टापलाई मूल ढोका लगाउने हो भने त्यसलाई शुक्रबार घरमा ल्याएर सोही रात सर्स्युँको तेलमा डुबाएर राख्ने । शनिबारको दिन मूल ढोकामा लगाउने गर्नुपर्छ ।

घरको मुख्य ढोकाको ईशान कोण (पूर्व र दक्षिण दिशाको बिच भाग)मा तुलसीको बोट रोप्नुपर्छ । यसरी रोपेको तुलसीको बोटमा दैनिक जल चढाउने र साँझ ध्यूमा दीप बाल्ने गर्नुपर्छ । यसरी दीप वालेपछि ११ पटक ‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्र जप गर्नुपर्छ । यो जप गर्नाले घरमा धन धान्यको वृद्धि हुने गर्छ ।

वास्तुशास्त्रअनुसार घरको मूल ढोकामा तोरण लगाउनु पनि शुभ कार्य मानिन्छ । यदि घरको मूल ढोकामा आँप, पीपल र अशोकको रुखको पातको तोरण लगाउने हो भने यसले घरमा सुख समृद्धि ल्याउँछ ।

घरको मूल ढोकामा माता लक्ष्मीको चरण (पैताला)को चिह्न लगाउनु पनि शुभ मानिन्छ । मूल ढोकामा सकिन्छ भने दैनिक नभए हप्तामा एक पटक भए पनि पिठोको रंगोली बनाउने हो भने माता लक्ष्मीको कृपा उक्त घरमा परिरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?