युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच सम्झौता

लोकपथ
104
Shares

काठमाडौं । नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ ।

कोष र बैंकबीच न्यून आय भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भुमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नको लागि सम्झौता भएको हो ।

बिहीबार भएको सम्झौमा कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौताले निम्न आय भएका व्यक्तिहरुको उत्थानमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?