सेयर बजारमा सामान्य गिरावट, कारोबारमा नेपाल टेलिकमको अग्रता

लोकपथ
325
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा सामान्य गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३.२२ अंकले घटेर २७३१.७८ बिन्दुमा पुगेको छ । आज नेप्से ०.१२ प्रतिशतले घटेको हो ।

यता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक भने ०.४५ अंकले बढेर ५१५.६४ बिन्दुमा पुगेको छ ।

आज कुल २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमा ३ समूहको सेयर मूल्य बढेको छ । बाँकी १० वटा समूहको सेयर मूल्य घटेको छ । आज फाइनान्स समूहको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । यो समूहको सेयर मूल्य १.४१ प्रतिशतले घटेको हो ।

आज समृद्धि फाइनान्स र सामलिङ्ग पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् भने महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

बिहीबार पनि कारोबार रकमको आधारमा नेपाल टेलिकमले नै अग्रता कायम गरेको छ । कम्पनीले २६ करोड ५७ लाख १३ हजार रुपैयाँको कारोबार गरेको छ । कम्पनीले हिजो पनि सर्वाधिक कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?