सामन्थाले प्रियंका चोपडाको भिडियो सेयर गर्दै दिइन् यस्तो प्रतिक्रिया

लोकपथ
3k
Shares

काठमाडौं । बलिउड इन्डस्ट्रीकी ‘देसी गर्ल’ अर्थात अभिनेत्री प्रियंका चोपडा यतिबेला चर्चामा छिन् । प्रियंका चोपडा र उनका पति निक जोनसको सम्बन्धविच्छेदको खबर सामाजिक सञ्जालमा चर्चामा छ ।

प्रियंकाको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी आफ्ना पति निक जोनस र उनका दुवै दाजुभाइलाई रोस्ट गरेको देखिन्छ । यो भिडियो नेटफ्लिक्स शो ‘द जोनास ब्रदर्स फैमिली रोस्ट’ को हो।

प्रियंकाले यो भिडियो आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् जसमा फ्यानहरुले आफ्नो प्रतिक्रिया दिइरहेका छन् । यसै क्रममा साउथ इन्डस्ट्रीकी अभिनेत्री सामन्था रुथ प्रभुले पनि यो भिडियोमा आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

प्रियंका चोपडा

प्रियंका चोपडाको यो भिडियो सामन्था रुथ प्रभुलाई निकै मन परेको छ र त्यसैले उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टको स्टोरीमा यो भिडियो सेयर गरेकी छिन् । यो भिडियोसँगै सामन्थाले क्याप्सनमा लेखेकी छिन्, ‘अद्भुत।’

केही दिनअघि प्रियंका चोपडाले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट आफ्नो उपनाम जोनास र चोपडा दुवै हटाएकी थिइन् । अभिनेत्रीको यो कदमपछि प्रियंका र निकबीचको कुरा ठीक नभएको भन्दै उनीहरुले सम्बन्धविच्छेद गर्न सक्ने दाबी गरिएको थियो । यति मात्र होइन, अभिनेत्रीको यो निर्णयलाई लिएर फ्यानले कडा प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?