एमाले महाधिवेशनमा प्रचण्ड नजाने

लोकपथ
728
Shares

काठमाडौं । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन भोलि शुक्रबारबाट शुरु हुँदैछ । एमालेको महाधिवेशनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई बोलाइएको थियो ।

यद्यपी, एमालेको महाधिवेशनमा माओवादी केन्द्रको तर्फबाट नारायणकाजी श्रेष्ठ सहभागी हुने भएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने भोलि एमालेको महाधिवेशनमा सहभागी हुने भएका छन् । उनी हेलिकप्टरमार्फत चितवन जाने कार्यक्रम तय भएको छ।

एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भने महाधिवेशनको निम्तो दिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?