पोखरा (कास्की) : पोखरा लेखनाथ महानगरपालिकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ ।
महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो ।
मापदण्ड विपरीत निर्माण गरिएको भौतिक संरचना सात दिनभित्र हटाउन सूचना जारी गर्ने र नहटाएमा कारबाही गरिने ट्राफिक व्यवस्थापन समितिका फोकल पर्सन सुरेन्द्र पौडेलले जानकारी दिए
पाैडेलका अनुसार सडकको आसपासमा स्थायी संरचना, वर्कसप तथा जथाभावी निर्माणका सामग्री राख्दा ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना भएको कारण हटाउन लागिएको हो । हटाउन तोकिएको सूचनालाई बेवास्ता गरेमा रु पाँच हजार जरिवाना गरिने निर्णय भएको छ ।
स्थायी संरचना र ग्यारेजले सडक छउेमा जथाभावी सामान राख्दा ट्राफिक व्यवस्थापनमा समस्या पारेकाले हटाउन लागिएको हो । बीच सडकमा रहेका १७ वटा पोललाई पनि एक हप्ताभित्र हटाउने महानगरको योजना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया