बहुप्रतीक्षित ‘प्रेमगीत ३’ फागुन १३ मा प्रदर्शन हुने

लोकपथ
0
Shares

काठमाडौं । कोरोनाका कारण लगभग गुमनामजस्तै बनेकाे नेपाली चलचित्र क्षेत्र बिस्तारै चलायमान बन्दै गएको छ । चलचित्र प्रदर्शन मिति घोषणादेखि नयाँ चलचित्र निर्माणका काम समेत हुन थालेका छन् ।

यहीबीच बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’को पनि प्रदर्शन मिति तोकिएको छ ।
दुई वर्षअघि चैत २८ लाई प्रदर्शन मिति तोके पनि रिलिज हुन नपाएको चलचित्र यो चलचित्रले नयाँ प्रदर्शन मिति फागुन १३ लाई तोकेको छ ।

May be an image of 1 person and text that says 'Aasysen PRODUCTION AASUSEN RESNS FILMS PRODUCTION PRESENTS FORBIDDEN FORB LOVESTORY PRODUCER SANTOSH SEN FALGUN132018 25.02.2022 DIRECTORS CHHETAN GURUNG SANTOSH SEN CO-PRODUCER KUMAR SHAH/OSR DIGITAL, WRITERS CHHETAN GURUNG MANDIP GAUTAM, DOP- RAJESH SHRESTHA'

निर्माता सन्तोष सेनका अनुसार फागुन १३ बाट प्रेमगीत ३ देशभर रिलिज हुनेछ । यो चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापालगायतका कलाकारको मुख्य भूमिका छ ।

शिवरात्रीको अवसर पारेर रिलिज हुन लागेको ‘प्रेमगीत ३’ बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने विश्वास गरिएको छ । ‘प्रेमगीत’का अघिल्ला दुई सिरिजलाई दर्शकले निक्कै रुचाएका थिए ।

चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?