प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट हटाउने जसपाको निर्णय

लोकपथ
203
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीका केन्द्रीय सदस्य एवम सांसद प्रदीप यादवलाई कारवाही गर्ने निर्णय गरेको छ ।

पार्टीले सांसद यादवमाथि मन्त्री नबनाएको भन्दै आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको आरोप लगाएको छ ।

सो विषयमा लोकपथलाई जानकारी दिँदै जसपाका महासचिव गंगानारायण श्रेष्ठले भने, ‘बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको हित विपरित काम गरेकाले उहाँलाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय भएको छ ।’ साथै पार्टीले उनलाई कारबाही गरेको आधिकारीक पत्र भने आज सार्वजनिक गर्ने उनले बताए ।

अर्को निर्णय नआउन्जेलसम्मका लागि सांसद यादवलाई केन्द्रीय समितिबाट निष्काशन गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?