विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित, कुवेत ९ विकेटले पराजित

लोकपथ
1.7k
Shares

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपाल विजयी भएको छ । दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहीबार कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो ।

कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलव ३ ओभरमा केवल एक विकेट गुमाएर पूरा गरेको छ । नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलव ४ ओभरमा अल आउट हुँदै जम्मा २७ रन जोडेको थियो ।

नेपालकी संगिता राईले सर्वाधिक तीन विकेट हात पारेकी हुन् । कप्तानी रुविना क्षेत्री र करुणा भण्डारीले दुई–दुई विकेट लिए । सरस्वती कुमारी चौधरी र कप्तान रुविना क्षेत्रीले एक–एक विकेट लिए ।

ग्लोबल छनोटमा पर्न नेपाललाई आज कुवेतविरुद्धको खेल जित्नुपर्ने दबाब छ । यसअघिको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै, नेपालले एसिया छनोटअन्तर्गत चौथो खेल मलेसियासँग शुक्रबार र पाँचौँ खेल आइतबार यूएईविरुद्ध खेल्नेछ ।

छनोटमा ६ टिम सहभागी छन् र विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?