नेपाललाई २८ रनको झिनो लक्ष्य

लोकपथ
7.7k
Shares

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत कुवेतले नेपाललाई २८ रनको लक्ष्य दिएको छ । दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले १५ दशमलब ४ ओभरमा अल आउट हुदै जम्मा २७ रन जोडेको हो ।

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोडे । नेपालकी संगिता राईले सर्वाधिक तीन विकेट हात पारेकी हुन् । कप्तानी रुविना क्षेत्री र करुणा भण्डारीले दुई–दुई विकेट लिए । सरस्वती कुमारी चौधरी र कप्तान रुविना क्षेत्रीले एक–एक विकेट लिए ।

ग्लोबल छनोटमा पर्न नेपाललाई आज कुवेतविरुद्धको खेल जित्नुपर्ने दबाब छ । यसअघिको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै, नेपालले एसिया छनोटअन्तर्गत चौथो खेल मलेसियासँग शुक्रबार र पाँचौं खेल आइतबार यूएईविरुद्ध खेल्नेछ ।

छनोटमा ६ टिम सहभागी छन् र विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?