कुवेतविरुद्ध बलिङ गर्दै नेपाल

लोकपथ
546
Shares

काठमाडौं । आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपालले अहिले कुवेतविरुद्ध बलिङ गर्ने भएको छ ।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस जितेर कुवेतले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्ने भएको हो ।

ग्लोबल छनोटमा पर्न नेपाललाई आज कुवेतविरुद्धको खेल जित्नुपर्ने दबाब छ । यसअघिको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै, नेपालले एसिया छनोटअन्तर्गत चौथो खेल मलेसियासँग शुक्रबार र पाँचौं खेल आइतबार यूएईविरुद्ध खेल्नेछ ।

छनोटमा ६ टिम सहभागी छन् र विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?